नेपाल आइपुगिन् देवी प्रतिभा, पोखरामा गरियो स्वागत

नेपाल आइपुगिन् देवी प्रतिभा, पोखरामा गरियो स्वागत

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    नेपाल आइपुगिन् देवी प्रतिभा, पोखरामा गरियो स्वागत
    images
    images

    काठमाडौँ / विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।

    विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् ।

    उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्यबादनको समूह समेत रहेको बताइएको छ । उनले  पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् । 

    त्यस्तै, शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथावाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com