कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ

    हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइहेको छ । कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश सहित बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com