आज कोशी र मधेश प्रदेशमा बर्षाको सम्भावना, भोलिसम्म देशभरको मौसम कस्तो रहला ?

आज कोशी र मधेश प्रदेशमा बर्षाको सम्भावना, भोलिसम्म देशभरको मौसम कस्तो रहला ?

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • images
    images
    आज कोशी र मधेश प्रदेशमा बर्षाको सम्भावना, भोलिसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।  हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। 

    कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका  थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमामेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

     आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    बुधबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा रहनेछ। देशका पहाडी  भू(भागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com