काठमाडौँ / इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपिआइ) जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।
इन्फिनिटी लघुवित्तले अब एनसिएचएल-आइपिएस र आरपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न सङ्कलनका करोबारहरू गर्न सक्नेछन् ।
साथै, तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् ।
इन्फिनिटी लघुवित्तले एनपिआईमार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपिआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
यसमार्फत सदस्यहरूले संस्थाहरूले एनसिएच-आइपिएस र आरपिएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् । २०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ्ग मोडल पछ्याउँदै नेपालको ४८ जिल्लाहरूमा ९६ शाखाहरू फैलाएको छ र १ लाखभन्दा बढी घर दुरी ओगटेको छ ।
इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।