निजी क्षेत्र सक्रिय नभई पर्यटन क्षेत्रको विकास हुन सक्दैन : मन्त्री पाण्डे

निजी क्षेत्र सक्रिय नभई पर्यटन क्षेत्रको विकास हुन सक्दैन : मन्त्री पाण्डे

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • images
    images
    निजी क्षेत्र सक्रिय नभई पर्यटन क्षेत्रको विकास हुन सक्दैन : मन्त्री पाण्डे
    images
    images

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् । 

    शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन, नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल र सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

    उनले भने, ‘‘नीजि क्षेत्र सक्रिय नभइकन पर्यटन क्षेत्रको विकास हुन सक्दैँन । पर्यटन क्षेत्र बनाउने भनेकै नीजि क्षेत्रले हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’’

    मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरू भित्रने भएकाले राज्यले ठुलो लाभ लिने बताए।

    मन्त्री पाण्डेले यस पटकको बजेट अङ्कमा नभइ नीतिमा बनाउने बताए । 

    सुझाव दिँदै पर्यटन व्यावसायीहरूले पर्यटन क्षेत्रलाई विशेक्ष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने, विदेशीहरूको भिसा लम्बाउने सहजीकरण गर्नुपर्ने, नेपालको एयरलायन्सको सङ्ख्या बढाउनु पर्ने, कैलाश, मानसरोवर जाने भारतीय पर्यटकहरूलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रबन्ध गरेर अघि बढ्नु पर्ने, तिर्थाटन लगायतका पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए । 

    मन्त्री पाण्डेले उक्त सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्ने वचनबद्धता व्यक्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com