आगामी आइतबारसम्म कहाँ कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?

आगामी आइतबारसम्म कहाँ कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • images
    images
    आगामी आइतबारसम्म कहाँ कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको  छ। हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ। शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । शनिबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश  लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघमेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हल्का हिमपातका साथै तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com