जनकपुरमा पाङ्ग्रा छुटेको थाहै नपाई काठमाडौँ उत्रियो बुद्ध एयरको जहाज

जनकपुरमा पाङ्ग्रा छुटेको थाहै नपाई काठमाडौँ उत्रियो बुद्ध एयरको जहाज

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    जनकपुरमा पाङ्ग्रा छुटेको थाहै नपाई काठमाडौँ उत्रियो बुद्ध एयरको जहाज
    images
    images

    काठमाडौँ / बुद्ध एयरको नाइनएनएएच जहाज अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। बिहीबार जनकपुरबाट काठमाडौँ आएको उक्त जहाजको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। 

    उक्त जहाज जनकपुरबाट काठमाडौँका लागि ४ः४५ बजे उडेको थियो। काठमाडौँमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँ ल्यान्ड भइसकेपछि पोस्ट फ्ल्याइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नपाएपछि जनकपुरमा चेकजाँच गर्न लगाउँदा  एयरपोर्टको रनवेमा टर्निङमै ल्यान्डिङ गेयर भेटिएको थियो । उक्त जहाज ग्राउन्डेड गरेर अनुसन्धान गरिएको उनले बताए । जहाजमा ६२ जना यात्रु थिए। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com