संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्दछ – उपसभापति धनराज गुरुङ

संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्दछ – उपसभापति धनराज गुरुङ

शनिवार, फागुन १७ २०८१
शनिवार, फागुन १७ २०८१
  • images
    images
    संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्दछ – उपसभापति धनराज गुरुङ
    images
    images

    स्याङ्जा / नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्ने बताएका छन् । 

    स्याङ्जाको गल्याङ ५ मा भएको दोस्रो हात्तीस्थान तामेकोट समिटको शनिबार समापन गर्दै पुर्वमन्त्री गुरुङले भने, सबै दल मिलेर संविधान बनाएको हो,अब संशोधन पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले देश निर्माणमा राजनीति दलहरु बीच विभाजित हुन नहुने धारणा राखे ।  

    उनले भने, फरक झण्डा बोक्दैमा, फरक बिचार राख्दैमा हाम्रो शत्रु हुँदैन। हाम्रो शत्रु भोक हो गरिबी हो, अशिक्षा हो । उनले देश निर्माणमा सबैलाई हातेमालो गर्न तामेकोटबाट आह्वान समेत गरे । 

    तामेकोट समिटको समापनमा बोल्दै उनले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राखे । गाउँ गाउँ पुगेका मोटरले शहरको खाद्यान्न गाउँ गाउँमा लैजाने मात्रै होइन। 

    गाउँका उत्पादन पनि शहर लैजाने वातावरण सिर्जना गर्नुपर्छ उनको भनाइ थियो।

    कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई, गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्यालले लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको तामेकोटको सबै मिलेर विकास गर्नुपर्ने धारणा राखेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com