सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहायता प्रदान

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहायता प्रदान

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • images
    images
    सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहायता प्रदान
    images
    images

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । 

    उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरूको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमकाबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई  हस्तानतरण गरेका थिए । 

    सबैका लागि  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको उक्त योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

    कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बिमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने   प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com