मौसम : तराईका धेरै स्थानहरूमा शीतलहर, हुस्सु/कुहिरो, मध्यान्हपछि सुधार हुँदै जाने

मौसम : तराईका धेरै स्थानहरूमा शीतलहर, हुस्सु/कुहिरो, मध्यान्हपछि सुधार हुँदै जाने

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • images
    images
    मौसम : तराईका धेरै स्थानहरूमा शीतलहर, हुस्सु/कुहिरो, मध्यान्हपछि सुधार हुँदै जाने
    images
    images

    काठमाडौँ / देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेश को तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ भने  बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सुरकुहिरो अपराह्नपछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भूभागका धेरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्यान्नपछि  क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ । 

    आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    हुस्सु र कुहिरोको प्रभावले तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com