भन्सार घटेपछि एकैदिन प्रतितोला करिब १६ हजार रुपैयाँले घट्यो सुनको भाउ

भन्सार घटेपछि एकैदिन प्रतितोला करिब १६ हजार रुपैयाँले घट्यो सुनको भाउ

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • images
    images
    भन्सार घटेपछि एकैदिन प्रतितोला करिब १६ हजार रुपैयाँले घट्यो सुनको भाउ
    images
    images

    काठमाडौँ / सरकारले भन्सार घटाएसँगै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा करिब १६ हजार रुपैयाँले घटेको हो । 

    सरकारले सुनमा लाग्दै आएको भन्सार दर १० प्रतिशतले घटाएपछि आज सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँ घटेको महाङ्घले जनाएको छ। 

    सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

    सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि नै महासङ्घले मूल्य समायोजन गरेको हो । यसअघि भने सुनमा २० प्रतिशत भन्सार दर लाग्दै आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com