पहिलो त्रैमासमा तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बढ्यो

पहिलो त्रैमासमा तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बढ्यो

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • images
    images
    पहिलो त्रैमासमा तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकाङ्कको आधार वर्ष परिवर्तन गरिएको जनाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रूपमा तलब तथा ज्याला सूचकाङ्क प्रकाशित गरिएको हो । 

    नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।

    जसअनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो । 

    प्रदेशगत रूपमा समीक्षा अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा देखिएको छ भने कोशी प्रदेशको सबैभन्दा कम रहेको पाइएको छ । 

    वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर कोशी प्रदेशको १.२४ प्रतिशत, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com