गत बर्ष घाटामा रहेको कृषि विकास बैंकले यस बर्ष तीन महिनामै कमायो १९ करोड नाफा

गत बर्ष घाटामा रहेको कृषि विकास बैंकले यस बर्ष तीन महिनामै कमायो १९ करोड नाफा

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • images
    images
    गत बर्ष घाटामा रहेको कृषि विकास बैंकले यस बर्ष तीन महिनामै कमायो १९ करोड नाफा
    images
    images

    काठमाडौँ / कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको तीन महिनामा १९ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । गत बर्ष सोही अवधिमा ८८ करोड ८० लाख रुपैयाँले घाटामा रहेको यो बैंकले यस बर्ष भने नाफा गरेको हो । इम्पेरिमेन्ट चार्ज (रिभर्स) ५८.२३ प्रतिशतले घटेर ९० करोड २२ लाख ६० हजार रुपैयाँ कायम भएसँगै नाफा बढ्न बैंकको सहयोग पुगेको हो ।

    त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड ३१ लाख ११ हजार रुपैयाँ रहेको छ । गत बर्ष पहिलो त्रैमासमा ४३ करोड ४७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा यस बर्ष ५४२.५३ प्रतिशतले बढेको हो । 

    बैंकको खुद ब्याज आम्दानी भने २५.१८ प्रतिशतले घटेको छ । गत बर्ष पहिलो त्रैमासमा २ अर्ब ६ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो बैंकले यस बर्ष सोही अवधिमा उक्त रकम १ अर्ब ५४ करोड ४० लाख रुपैयाँमा सीमित गरेको छ । 

    बैंकको कुल सञ्चालन आम्दानीसमेत १.०९ प्रतिशतले घटेर २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत बर्ष पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ५० करोड ६७ लाख ८३ हजार रुपैयाँ थियो । 

    बैंकको खुद सञ्चालन आम्दानी ३५४.९३ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष पहिलो त्रैमासमा ३४ अर्ब ६७ लाख रुपैयाँ रहेको खुद सञ्चालन आम्दानी यस बर्ष भने बढाएर १ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । 

    बैंकको कस्ट अफ फण्ड ५.१४ प्रतिशत र बेस रेट ७.०७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २५ पैसा र प्रतिसेयर खुद मूल्य २३७ रुपैयाँ ८३ पैसा छ भने तरलता अनुपात ३५.४७ छ । 

    बैंकको खराब कर्जा भने सामान्य घटेको छ । गत बर्ष पहिलो त्रैमासमा ५.३३ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.७८ प्रतिशत कायम भएको हो । 

    चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको कृषि विकास बैंकको जगेडामा १५ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ छ । त्यस्तै, रेन्टेड अर्निङ गत बर्षको पहिलो त्रैमासको तुलनामा ४.९० प्रतिशतले बढेर २ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने बैंकको निक्षेप सङ्कलन ६.७८ प्रतिशतले बृद्धि हुँदा कर्जा प्रवाह सामान्य घटेको छ । 

    असोज मसान्तसम्म बैंकले २ खर्ब ६० अर्ब १० करोड १९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब १ अर्ब ८२ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com