स्वावलम्बन लघुवित्तको एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न, १५० सदस्यहरु सहभागी

स्वावलम्बन लघुवित्तको एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न, १५० सदस्यहरु सहभागी

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • images
    images
    स्वावलम्बन लघुवित्तको एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न, १५० सदस्यहरु सहभागी
    images
    images

    काठमाडौँ / स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । 

    स्वावलम्बन लघुवित्त कम्पनीको शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । 

    एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैकिङ्ग सेवा, बहुबैकिङ्गबाट बच्ने उपायहरु जस्ता विषयमा केन्द्रीत थियो ।

    कार्यक्रममा प्रमुख अतिथि महालक्षमी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरण प्रति सजग गराउने, बहुबैकिङ्गबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरि समाजलाई सकारात्मक दिशा तर्फ अगाडी बढाएकोमा संस्थाको प्रशंसा गरे ।

    वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । 

    यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यपार व्यवसाय लाई सफल बनाउन सुझाव दिए । 

    यस संस्थाले आफ्ना कारोवारहरुलाई प्रविधिमैत्री बनाई पारदर्शि बनाउने तर्फ अगाडी बढेको बताए । 

    १५० जना भन्दा बढी सहभागी सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमा संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com