कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • images
    images
    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
    images
    images

    काठमाडौँ / कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 
    कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । 

    सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धी औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेका छन् । 

    कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा Good Manufacturing Practices (GMP) तथा Feed Addititives and Pre-Mixture Quality System (FAMI QS) अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको बताइएको छ । 

    हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्र प्राप्त गरि नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ र अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । 

    साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुको समेत उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पु¥याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटेरिनरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने यो पहिलो औषधी उद्योग हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com