कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • images
    images
    कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौँ स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच म्झिोता भएको छ । 

    कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच बैंकका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा त्तच् बाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । 

    यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com