एलआईसी नेपालको चौथो त्रैमासको वित्तीय विवरण ; नाफा ६८.३४ प्रतिशतले घट्यो, कुल बीमाशुल्क १८ अर्ब माथि

एलआईसी नेपालको चौथो त्रैमासको वित्तीय विवरण ; नाफा ६८.३४ प्रतिशतले घट्यो, कुल बीमाशुल्क १८ अर्ब माथि

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    एलआईसी नेपालको चौथो त्रैमासको वित्तीय विवरण ; नाफा ६८.३४ प्रतिशतले घट्यो, कुल बीमाशुल्क १८ अर्ब माथि
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले २३ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.३४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ७५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले १८ अर्ब १० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.६५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले १८ अर्ब ६ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३.८८ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्ष कम्पनीले १७ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २० अर्ब ३८ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्ले बर्षको तुलनामा गत बर्ष जीवन बीमा कोषको आकार १३.२० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा १ खर्ब ६ अर्ब ३४ करोड २ लाख रुपैयाँ थियो। 

    यता, समीक्षा वर्षमा शेयर पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५८ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५८ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष कम्पनीको शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५६ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६० लाख रुपैयाँ रहेको थियो।

    यस्तै, समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो।

    समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिक ईपीएस २८.४० रुपैयाँ थियो। पीई रेसियो ८७.२१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.५४ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com