गत आर्थिक वर्षमा कस्तो रह्यो वाणिज्य बैंकहरूको वित्तीय अवस्था ? कुन बैंकले कति कमाए मुनाफा ?

गत आर्थिक वर्षमा कस्तो रह्यो वाणिज्य बैंकहरूको वित्तीय अवस्था ? कुन बैंकले कति कमाए मुनाफा ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • images
    images
    गत आर्थिक वर्षमा कस्तो रह्यो वाणिज्य बैंकहरूको वित्तीय अवस्था ? कुन बैंकले कति कमाए मुनाफा ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण वाणिज्य बैंकहरूको नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षमा २० वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

    सार्वधीक नाफा कमाउनेमा नबिल बैंक

    गत आर्थिक वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। यस बैंकले गा आवको असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०(२३ प्रतिशत बढी हो। अघिल्लो आवमा यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    सबैभन्दा कम कमाउनेमा माछापुच्छ्रे बैंक

    गत आर्थिक बर्षमा सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन खघिल्लो आवको तुलनामा २३.०९ प्रतिशतले कम हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    अन्य कुन बैंकको नाफा कति ?

    यत आर्थिक बर्षमा ६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । यस बैंककाको नाफा अघिल्लो आवको तुलनामा भने १०.१३ प्रतिशतले कम हो । अद्दिल्लो आवमा यस बैंकले ६ अर्ब ६९ रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    त्यस्तै, ५ अर्ब १९ लाख रुपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ। यस बैंकको नाफा अघिल्लो आवको तुलनामा ३९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस बैंकले ५ अबै १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ । 

    त्यसैगरी, गत आवमा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड रुपैयाँ र सिद्धार्थ बैंकले ३ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    यस्तै, हिमालयन बैंकले २ अर्ब ८३ करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब ३८ रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३३ करोड रुपेयाँ, कुमारी बैंबले २ अर्ब ३० करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले २ अर्ब १ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले १ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ३२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com