एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा भदौ ११ गते, के–के छन् प्रस्ताव ?

एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा भदौ ११ गते, के–के छन् प्रस्ताव ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा भदौ ११ गते, के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / एनआईसी एशिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ११ गते गर्ने भएको छ । 

    सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौँमा कम्पनीले जनाएको हो । सभा बिहान ९ बजे शुरु हुनेछ । 

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  

    त्यस्तै सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५२.५३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृतीको क्रमममा सम्बन्धीत नियमनकारी नियकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्याजोन  गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com