वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्रिकेट विकासका लागि क्यानलाई ६० लाख सहयोग

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्रिकेट विकासका लागि क्यानलाई ६० लाख सहयोग

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्रिकेट विकासका लागि क्यानलाई ६० लाख सहयोग
    images
    images

    काठमाडौँ / नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

    आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्यले विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको कम्पनीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो।

    सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

    साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ ।  Waiwai.JPGयस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरी कुल ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ । 

    पत्रकार सम्मेलनका अवसरमा चौधरी गु्रपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com