सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • images
    images
    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com