कुमारी बैंक र होटल विंटेज होमबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

कुमारी बैंक र होटल विंटेज होमबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • images
    images
    कुमारी बैंक र होटल विंटेज होमबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र होटल विंटेज होम, भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएको छ । 

    सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुलाई होटल विंटेज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्राप्त गर्नेछन् । 

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले होटल विंटेज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर द्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । 

    यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com