कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • images
    images
    कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लब बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा टिकापुर, कैलालीमा रहेको सो क्लबमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ । 

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com