तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६६ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६६ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६६ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससममको वित्तीय विवरण अनुसार २ अर्ब ८० करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    चैत्र मसान्तसम्म कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७१.३८ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५२ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन १३८.५६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष कम्पनीले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसनअन्तर्गत १ अर्ब २७ करोड खर्चिएको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि हो।

    यस्तै, समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ४ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड २ लाख रुपैयाँ रहेको छ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २८.३७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४.५९ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com