विदेशमा बस्ने नेपालीलाई जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाइने, यस्तो छ सरकारको तयारी

विदेशमा बस्ने नेपालीलाई जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाइने, यस्तो छ सरकारको तयारी

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    विदेशमा बस्ने नेपालीलाई जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाइने, यस्तो छ सरकारको तयारी
    images
    images

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘रेमिट्यान्स’लाई सदुपयोग गर्दै जलविद्युत आयोजनामा ३९ प्रतिशत शेयर पूँजी पुर्याउने गरी छलफल अघि बढेको बताएका छन् । 

    लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा बस्ने नेपालीलाई पनि जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाउने लक्ष्य रहेको स्पष्ट पारेका हुन् । 

    “जलविद्युत्को विकासमा गैरआवासीय नेपाली तथा  निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ, आयोजनाको कूल शेयर पूँजीको २९ प्रतिशत रहेकामा वैदेशिक रोजगारका लागि छुट्याउने गरि अब १० प्रतिशत शेयर पूँजी बढाउने लक्ष्य छ,” उनले भने, “विदेशी रोजगारीका लागि ३९ प्रतिशत, सरकारको ५१ प्रतिशत र १० प्रतिशत स्थानीयको शेयर पूँजी रहने गरी जलविद्युत् आयोजनामा लगानी गर्ने नीतिगत व्यवस्था गर्दैछौँ ।” 

    जलविद्युत् क्षेत्रमा ढुक्कका साथ लगानी गर्न उनले आग्रह गरे । 

    उत्पादन, प्रसारण र वितरणका काम प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । नेपालको जलविद्युत् विकासमा वैदेशिक रेमिट्न्सको भूमिका उत्तिकै रहेकाले उनले आम जनताको सहभागिता बढाउने गरी जनताको जलविद्युत् कार्यक्रमको खाका तय गरेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com