तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति नाफा कमाए ?

तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति नाफा कमाए ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घट्यो, कुन बैंकले कति नाफा कमाए ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खुद नाफा १३.४७ प्रतिशतले घटेको छ । 

    बैंकहरूले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । जसअनुसार नाफा १३.४७ प्रतिशतले घटेको देखिएको छ । 

    बैंकहरूले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २० बैंकमध्ये १३ बैंकहरूको नाफा घटेको देखिएको छ भने ७ बैंकको बढेको छ । 

    नबिल बैंकको नाफा सबैभन्दा धेरै

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । रकमको आधारमा नबिल बैंकको नाफा बढेपनि गत बर्षको तुलनामा भने ८.७६ प्रतिशत कम हो । 

    यस बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्मा ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो । यस बर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    नेपाल बैंकको नाफा सर्वाधिक घट्यो

    नाफा घटेका वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ । समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ ।

    कुन बैंकले कति नाफा कमाए ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com