रेकर्ड मूल्यबाट प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

रेकर्ड मूल्यबाट प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • images
    images
    रेकर्ड मूल्यबाट प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि
    images
    images

    काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेर रेकर्ड मूल्यमा पुगेको सुनको भाउ शुक्बार भने प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँमा झरेको हो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज १ हजार ६ सय १५ रुपैयाँमा झरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com