सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच सम्झौता, बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच सम्झौता, बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच सम्झौता, बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । 

    बालुवाटार ४, काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाडौँ स्थित पाँच तारे होटल श्री दुसित प्रिन्सेस काठमाडौँबीच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु (रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडौँको तर्फबाट उक्त होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । 

    साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com