आज शनिबारको मौसम

आज शनिबारको मौसम

शनिवार, फागुन ५ २०८०
शनिवार, फागुन ५ २०८०
  • images
    images
    आज शनिबारको मौसम
    images
    images

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ।
      
    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।

    दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com