अटो व्यवसायीहरूले प्रधानमन्त्रीसँग गरे कर्जाको जोखिम भार घटाउनेदेखि लोन टु भ्यालु रेसियो बढाउनेसम्मको आग्रह

अटो व्यवसायीहरूले प्रधानमन्त्रीसँग गरे कर्जाको जोखिम भार घटाउनेदेखि लोन टु भ्यालु रेसियो बढाउनेसम्मको आग्रह

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • images
    images
    अटो व्यवसायीहरूले प्रधानमन्त्रीसँग गरे कर्जाको जोखिम भार घटाउनेदेखि लोन टु भ्यालु रेसियो बढाउनेसम्मको आग्रह
    images
    images

    काठमाडौँ / नाडा अटोमोवाइल्स व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी हायर पर्चेज कर्जाको जोखिम भार घटाउनेदेखि लोन टु भ्यालु रेसियो बढाउनेसम्मको आग्रह गरेका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रचण्डसँग भेटेर यस्तो आग्रह गरेका हुन् । 

    उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरू बारे संक्षिप्त रूपमा चर्चा गर्दे अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने बताए । 

    त्यस्तै, बैङ्कहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियो को हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पूँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरूलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रूपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गर्नु गरेका हुन् ।

    सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरू बारे प्रिजेण्टेशन मार्फत विस्तृत रूपमा जानकारी गराए । 

    News nada1.JPG

    सो छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरूको सम्भावनाहरूका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहल गरिने बताए । 

    उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com