नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई
    images
    images

    काठमाडौँ /  नेपाल धितोपत्र बोर्ड (सेबोन)को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थ मन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई सेबोनको निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो। 

    बोर्डमा हाल ४ जना कार्यकारी निर्देशक रहेकोमा डा. अधिकारी वरीयता क्रममा आधारमा पहिलो नम्बरमा छन् । अर्थ मन्त्रालयले वरीयता क्रमका आधारमा उनलाई बोर्डको कार्य सञ्चालनको जिम्मेवारी दिइएको हो । 

    अर्थ मन्त्रालयका अनुसार अधिकारीले बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्नुका साथै बोर्ड सञ्चालक समितिको बैठकसमेत बोलाउन सक्नेछन् । नीतिगत निर्णय भने उनले गर्न पाउने छैनन् । 
     
    गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ। निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो। 

    सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

    समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्। सिफारिस समितिले बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया पूरा गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com