आज बिहिबारको मौसम कस्तो हुनेछ ?

आज बिहिबारको मौसम कस्तो हुनेछ ?

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • images
    images
    आज बिहिबारको मौसम कस्तो हुनेछ ?
    images
    images

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । 
    कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    साथै  देशको तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो लागेको छ।

    आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

    महाशाखाका अनुसार दिउँसो देशका पहाडी  भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com