आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।  

    बिहीबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com