हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • images
    images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

    कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    गत वर्ष भने कम्पनीले २.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१४ प्रतिशत नगद गरी कुल २.८९ प्रतिशत लाभांश वितरण गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com