नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • images
    images
    नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
    images
    images

    काठमाडौं / विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ।

    विशाल ग्रुपको स्वामित्वमा रहेको शेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्रीमा राखिएको छ। खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थपाथलस्थित ट्रेड टावरमा रहेको कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २९ गतेसम्म तोकिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com