काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले ३२औँ बार्षिकोत्सव मनाएको छ । बैंकले जुलाई ७ मा एक समारोहको आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।
प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाडौँको कमलादीस्थित कर्पोरेट कार्यालयससहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै, फरक रूपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।
नेपाल एसबिआई बैंक लिमिटेडले बिगत ३२ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङसहित १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।