काठमाडौँ / पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
सोमबार २२.३५ अङ्क घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अङ्कले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ ।
सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद बिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेकस ०.०४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अङ्क घटेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०५ अङ्क बढेको छ ।
मङ्गलबार वित्त समूहको परिसूचक १.२५ प्रतिशतले बढेको छ भने विकास बैंक, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहको परिसूचक सामान्य बढेको छ ।
त्यस्तै, घटेका समूहमा आज सबैभन्दा बढी अन्य समूहको परिसूचक ०.७७ प्रतिशतले ओरालो लागेको छ भने बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा, म्युचुअल फण्ड र निर्जीवन बिमा समूहको परिसूचक सामान्य घटको छ ।
यसदिन बुटवल पावर कमपनी, पिपुल्स हाइड्रो पावर, रिभरफल्स पार लिमिटेडले सर्वाधिक कमाएका छन् । यस दिन बुटवल पावरको सेयर मूल्य ८.२१ प्रतिशत बढेको छ । त्यसैगरी पिपुल्स हाइड्रो पावर ५.९६ प्रतिशत र रिभरफल्स पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.६९ प्रतिशतले बढेको छ ।
यस दिन रसुवागढी हाइड्रो पावर र भुगोल इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । नेपाल रिइन्स्योरेन्स, बुटवल पार कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।