एशियन लाइफ इन्स्योरेन्सको वित्तीय सूचकहरूमा उल्लेख्य सुधार, नेटवर्थ १४ प्रतिशतले बढ्यो

एशियन लाइफ इन्स्योरेन्सको वित्तीय सूचकहरूमा उल्लेख्य सुधार, नेटवर्थ १४ प्रतिशतले बढ्यो

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    एशियन लाइफ इन्स्योरेन्सको वित्तीय सूचकहरूमा उल्लेख्य सुधार, नेटवर्थ १४ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ / एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङ स्तरोन्नति भएको छ। हकप्रद सेयर निष्कासन प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘आइआरएन ए माइनस’ बाट ‘आइआरएन ए’ मा सुधार गरेको हो।

    इन्फोमेरिक्सले २०८२ असार २३ गते जारी गरेको प्रतिवेदन अनुसार समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त रहेको उल्लेख गरिएको छ। कम्पनीको वित्तीय सूचकहरूमा सुधार देखिएपछि रेटिङमा पनि सुधार आएको हो।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा कुल बीमाशुल्क आम्दानी १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानी १४ प्रतिशत, नेटवर्थ १४ प्रतिशत, सञ्चालन मुनाफा १३ प्रतिशत र करपछिको मुनाफा १८ प्रतिशतले वृद्धि भएको छ। 

    यसैगरी चालू आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन २५ प्रतिशतले उल्लेख वृद्धि भएको छ । 

    चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा प्रथम बिमाशुल्क आम्दानीमा २५ प्रतिशतले वृद्धि भएको छ। पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने उद्देश्यले कम्पनीले १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 

    २०८२ असार ३० गते बस्ने १७ औँ वार्षिक साधारण सभामा ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव प्रस्तुत गरिनेछ।

    कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार, पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पु-याउनका लागि १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

    कम्पनीको असार ३० गते हुने १७ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ५.१० प्रतिशत बोनश सेयर सहित ५.३६८४ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव समेत गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com