रसुवा अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

रसुवा अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    रसुवा अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार
    images
    images

    काठमाडौँ / तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । 

    मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो । 

    गोसाइकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ । 

    हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । त्यस्तै ७/८ वटा इभी गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । 

    हाल रसुवा गोसाइकुण्ड गाउपालिका-५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com