जेठसम्म भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिने घटे

जेठसम्म भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिने घटे

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    जेठसम्म भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिने घटे
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । 

    यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । 

    अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख आठ हजार ६७ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा उक्त सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० थियो । सो आधारमा गत बर्षको तुलनामा यस बर्ष पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com