ढोका उत्पादक कम्पनी स्मार्ट डोर्सले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ढोका उत्पादक कम्पनी स्मार्ट डोर्सले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    ढोका उत्पादक कम्पनी स्मार्ट डोर्सले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
    images
    images

    काठमाडौँ / स्मार्ट डोर्स लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

    पुस १७ गते आयोजित एक कार्यक्रमकाबिचमा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    २ करोड ८० लाख रुपैयाँ शेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको २ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरू उत्पादन तथा बिक्री गर्दै आईरहेको छ । 

    कम्पनीले जÞर्मनी प्रविधिका मेशिनहरूबाट गुणस्तरीय ढोकाहरू २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्वभर प्रसिद्ध छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com