यस बर्ष नेपाल बैंकले पनि लगानीकर्तालाई लाभांश नबाँड्ने

यस बर्ष नेपाल बैंकले पनि लगानीकर्तालाई लाभांश नबाँड्ने

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    यस बर्ष नेपाल बैंकले पनि लगानीकर्तालाई लाभांश नबाँड्ने
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले पनि यसपालि आफ्नो लगानीकर्ताहरुलाई निराश बनाएको छ।

    बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णयसँगै लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् । 

    बैंकको पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    बैंकले उक्त आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वित्तीय विवरण स्वीकृत गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com