सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ । 

    सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    हाल बैंकले देशभर ११२ शाखा कार्यालय र  ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 
    साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com