images
Logo
images

सजिलो ब्रोकरको पहिलो साधरण सभा सम्पन्न, सञ्चालक समिति चयनसहित यी प्रस्तावहरू पारित

सजिलो ब्रोकरको पहिलो साधरण सभा सम्पन्न, सञ्चालक समिति चयनसहित यी प्रस्तावहरू पारित

आइतवार, कार्तिक २६ २०८०
आइतवार, कार्तिक २६ २०८०
  • सजिलो ब्रोकरको पहिलो साधरण सभा सम्पन्न, सञ्चालक समिति चयनसहित यी प्रस्तावहरू पारित

    काठमाडौँ / सजिलो ब्रोकर लिमिटेडको प्रथम साधारण सभा कार्तिक २५ गते शनिवार सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनी गोबिन्द शर्मा गैह्रेको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। 

    images
    images

    सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा विपिन गैरे, दिपक ज्ञवाली, सुमन कुमार बोहोरा, सानुमैया महर्जन रहेको छ । उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल गरि प्रस्ताव पारित गरिएको छ भने संस्थाको पुजि वृद्धिको लागि आवस्यक प्रबन्ध पत्र नियमावली संसोधन गर्न संचालक समितिलाई सम्पुर्ण अधिकार दिएको छ ।  

    साथै अध्यक्ष गोबिन्द शर्मा गैरले साधारण सभा सम्पन्न गर्न योगदान दिनुभएका सम्पुर्ण सेयरधनी सदस्यज्युहरु, संचालकज्युहरु, कर्मचारी ज्युहरु साथै शुभेच्छुक अतिथिज्युहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

    ब्रोकर कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा सजिलो ब्रोकरलाई स्टक ब्रोकर नम्बर ९० को रुपमा सदस्यता दिएको  छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय