मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

आइतवार, कार्तिक २६ २०८०
आइतवार, कार्तिक २६ २०८०
  • images
    images
    मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?
    images
    images

    काठमाडौं / कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ।

    बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो। 

    मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको पनि घटाएर बैंकले ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो।

    कल निक्षेपको ब्याजदर पनि घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.६२५ प्रतिशत र बचतको ब्याजदर अधिकतम ८.२५ प्रतिशत थियो। यसअघि एनआईसी एसिया बैंकले पनि मंसिरमा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com