images
Logo
images

धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन–लेखविशेषाङ्क विमोचन कार्यक्रम सम्पन्न

धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन–लेखविशेषाङ्क विमोचन कार्यक्रम सम्पन्न

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन–लेखविशेषाङ्क विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन २०८०- लेखविशेषाङ्क दीपावली, छठ र नेपाल संवत ११४४ को अवसर पारेर विमोचन गरेको छ ।

    images
    images

    उक्त कार्यक्रम बिशीबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा नेपाल धितोपत्र बोड खुमल्टार परिसरमा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले सृजनशीलताको नमुनाको रूपमा विमोचित प्रस्तुत लेखविशेषाङ्क हामी सबैको साझा प्रयासको परिणाम रहेको र वित्तीय सचेतना अभिवृद्घिमा समेत सहयोगी प्रयास रहेको बताए ।

    सबैकोे साथ र सहयोग पाएमा यी र यस्तै खालका प्रकाशन एवं थप सिजनशील कार्य गर्न कर्मचारी संगठन क्रियाशील रहने कुरामा समेत उनले विश्वस्त पारे ।

    बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) — लेखविशेषाङ्क विमोचन गर्दै दीपावली, छठ र नेपाल संवत ११४४ को शुभकामना व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय