भूकम्प पीडितलाई उद्योग व्यापार महासंघको ५ लाख ५५ हजार सहयोग

भूकम्प पीडितलाई उद्योग व्यापार महासंघको ५ लाख ५५ हजार सहयोग

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • images
    images
    भूकम्प पीडितलाई उद्योग व्यापार महासंघको ५ लाख ५५ हजार सहयोग
    images
    images

    काठमाडौँ / नेपाल उद्योग व्यापार महासंघले भूकम्प पीडितलाई सहयोग गर्न सबै समितिलाई आह्वान गरेको छ । महासंघका अध्यक्ष खिमलाल भण्डारीले सोमबार विज्ञप्ति जारी गरेर भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

    अध्यक्ष भण्डारीले केन्द्रीय समितिले भूकम्प पीडितको लागि आर्थिक सहयोगको पहल सुरु गरेको बताउँदै सबै समितिलाई राहत तथा पुनर्स्थापनामा सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

    “भूकम्प प्रभावित जनताहरुको आर्थिक सहयोग स्वरुप नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यालयको तर्फबाट पहल गरिसकिएको छ, भुकम्प प्रभावितहरूका लागि हामि हाम्रा केन्द्रीय कार्य समिति परिवार, प्रदेश, जिल्ला, नगर, संस्थापक तथा आवद्ध संघसंस्थाहरूलाई आ–आफ्नो तर्फबाट राहत संकलन तथा उद्दार कार्यमा लाग्न समेत आह्वान गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

    भूकम्प पिडितहरूको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा सरकारले शिघ्र पहल गरेकाप्रति धन्यवाद दिँदै विज्ञप्तिमा भनिएको छ, “भूकम्प पीडितहरुको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा भएको शिघ्रताप्रति नेपाल सरकार, सेना, प्रहरी, स्वास्थ्यकर्मी, राजनैतिक दलहरू, सञ्चारकर्मी, विभिन्न संघसंस्थालगायत सरोकारवाला सवै निकायहरूमा नेपाल उद्योग व्यापार महासंघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।”

    महासंघले केन्द्रीय समितिको तर्फबाट पीडितको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com