‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’

‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    ‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
    images
    images

    काठमाडौँ / नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तर्क्रिया सम्पन्न भएको छ ।  समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गरे । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उनले भने, “समाचार कति धेरै प्रकाशित गरे भन्नु भन्दा पनि कति महत्वपूर्ण प्रकाशित गरे भन्ने बारे सोच्नुहोला ।”

    पत्रकार भागिरथ योगीले प्रवासमा रहेका पत्रकारहरुको ‘एक पत्रकार एक अनलाइन’ रहेको भन्दै अधिकांशले समाचार हुबहु (कपी पेष्ट) गर्ने गरेका बताए । “विदेशमा रहेर कलम चलाउनेहरुको आफ्नै अनलाइन हुन्छ”, उनले भने, “समाचार पनि ‘कपी पेस्ट’ गर्ने बाहेक अरु केही छैन । यसलाई व्यवस्थित गरी व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ ।”

    पत्रकार शरदचन्द्र वस्तीले भविष्यको पत्रकारिताबारे सोच्न जरुरी रहेको बताए। अहिलेको भन्दा अबको १० वर्षपछि कस्तो पत्रकारिता गर्ने भन्नेबारे सबैले सोच्न आवश्यक रहेको भन्दै उनले प्रविधिको विकाससँगै पत्रकारिताको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
         
    अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले परदेशमा रहेर पत्रकारिताको माध्यमबाट नेपाललाई चिनाउन आग्रह गरे । “विदेशमा सञ्चालित सञ्चार माध्यमले नेपाली समाजका वास्तविकता समाचारमार्फत सम्प्रेषण गर्नुपर्छ”, उनले भने, विदेशी भूमिमा समस्या परेकालाई सञ्चारका माध्यमबाट सहयोग गर्नुपर्छ ।”

    नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विदेशी भूमिमा रहेर पत्रकारिता पेसा गर्ने पत्रकारले राजनीतिकमा धेरै चासो नराख्न आग्रह गरे । उनले भने “राजनीतिक चर्चाभन्दा विभिन्न स्थानका नेपालीलाई एकजुट बनाउनु सहयोग गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com