इजरायलको नेपाली दुताबास आइपुग्यो ज्यान गुमाएका पाँच नेपालीको शव, अझै भेटिएनन् विपिन

इजरायलको नेपाली दुताबास आइपुग्यो ज्यान गुमाएका पाँच नेपालीको शव, अझै भेटिएनन् विपिन

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    इजरायलको नेपाली दुताबास आइपुग्यो ज्यान गुमाएका पाँच नेपालीको शव, अझै भेटिएनन् विपिन
    images
    images

    काठमाडौँ / इजरायलस्थित नेपाली दूतावासमा इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव आइपुगेको छ। इजरायलस्थित नेपाली दूतावासले आइतबार एक सूचना प्रकाशित गर्दै ५ जनाको शव प्राप्त गरेको जनाएको हो । 

    ज्यान गुमाएका १० जनामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो । 

    सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । 

    प्राप्त गरेका शवहरू ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ। साथै, उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्क विहिन रहेका विपिन जोशीको खोजी कार्य तीव्र पारिएको दुतावासले जानकारी दिएको छ ।

    आक्रमणमा परी घाइते भएको चार जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । जसमध्ये एक जना नेपाल आइसकेका छन् भने १ जना दुताबासको हेरचाहमा छन् । दुई जना अस्पतालमा उपचाररत रहेको दुतावासले जनाएको छ । 

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com