थप दुई प्रदेशबाट बाहिरियो मनसुन, आज दिनभरको मौसम कस्तो रहला ?

थप दुई प्रदेशबाट बाहिरियो मनसुन, आज दिनभरको मौसम कस्तो रहला ?

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • images
    images
    थप दुई प्रदेशबाट बाहिरियो मनसुन, आज दिनभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि बाहिरिएको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन गत असोज १९ गते  नै बाहिरिएको थियो ।

    हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र  गण्डकी प्रदेशका एक÷दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com